
नव नियुक्त सहायक क्याम्पस प्रमुख, उप-प्राध्यापक समिरमणि गौतमले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै क्याम्पस प्रमुखको नेतृत्वमा क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्याम्पसको समग्र उन्नति र प्रगतिका लागि शिक्षक, कर्मचारी तथा विद्यार्थीबीच सहकार्य, समन्वय र सकारात्मक वातावरण निर्माण गर्दै क्याम्पस प्रमुखले अघि सार्नुभएका योजनाहरूलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने बताउनुभयो। साथै, महेन्द्र बहुमुखी क्याम्पसलाई अझ व्यवस्थित, गुणस्तरीय र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।