Faqs

📑

स्नातक तहमा भर्ना तथा त्रि.वि. दर्ता फारामका लागि आवश्यक कागजातहरू

BA, BBS, B.Sc., B.Ed., BBA, BSc.CSIT & BCA मा भर्ना हुने विद्यार्थीहरूका लागि

📌 महत्वपूर्ण जानकारी: भर्ना तथा त्रि.वि. दर्ता फाराम भर्दा तल उल्लेखित कागजातहरूको आवश्यक फोटोकपी साथमा ल्याउनुहोस्।

🎯 तह अनुसार आवश्यक कागजात हेर्नुहोस्

क्र.सं. तह प्रमाणपत्रको किसिम फोटोकपी कैफियत
कक्षा १० उत्तीर्ण SEE को ग्रेड सिट २ प्रति
कक्षा १० उत्तीर्ण चारित्रिक र स्थानान्तरण प्रमाणपत्र
Transfer & Character Certificate
२ प्रति
कक्षा १० उत्तीर्ण बोर्ड प्रमाणपत्र (Certificate) २ प्रति
कक्षा १२ उत्तीर्ण Transcript २ प्रति
कक्षा १२ उत्तीर्ण चारित्रिक र स्थानान्तरण प्रमाणपत्र
Transfer & Character Certificate
२ प्रति
कक्षा १२ उत्तीर्ण माइग्रेसन
Migration Certificate
२ प्रति ⚠ सक्कल पेश गर्नुपर्ने
कक्षा १२ उत्तीर्ण प्रोभिजनल Certificate २ प्रति
फोटो पासपोर्ट साइजको फोटो ५ प्रति

📌 विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरा

  • सबै आवश्यक कागजातहरूको २/२ प्रति फोटोकपी तयार गरी ल्याउनुहोस्।
  • Migration Certificate को सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
  • पासपोर्ट साइजको फोटो ५ प्रति साथमा ल्याउनुहोस्।
  • कागजातहरूमा नाम, जन्ममिति तथा अन्य विवरण फरक परेको भए समयमै सम्बन्धित शाखामा जानकारी गराउनुहोस्।

✅ छिटो जाँच गर्ने Checklist

☐ SEE Grade Sheet – २ प्रति
☐ SEE Character/Transfer – २ प्रति
☐ SEE Certificate – २ प्रति
☐ +2 Transcript – २ प्रति
☐ +2 Character/Transfer – २ प्रति
☐ Migration – २ प्रति + सक्कल
☐ Provisional Certificate – २ प्रति
☐ Passport Size Photo – ५ प्रति

खाता नम्बरहरू

🏦 मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, बल्खु, काठमाडौं
खाता नं.
04501000009190500001
🏦 व्यवस्थापन संकाय डीनको कार्यालय, कीर्तिपुर, काठमाडौं
खाता नं.
04501000009190600009
🏦 महेन्द्र बहुमुखी क्याम्पस, दाङ
खाता नं.
02700100269303000001
🏦 क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कोहलपुर, बाँके
खाता नं.
27101000000076

📑

प्लागरिज्म टेस्टको लागि अपनाउनु पर्ने प्रक्रिया

Thesis / Dissertation Plagiarism Checking Procedure
💰 शुल्क : रु. १,०००/-
प्लागरिज्म टेस्टको शुल्क नेपाल बैंक लिमिटेडमा क्याम्पसको खातामा वा क्याम्पसको eSewa मार्फत जम्मा गर्न सकिन्छ।
⚠️ अत्यन्तै महत्त्वपूर्ण:
🏦 बैंकमा रकम जम्मा गर्दा Purpose मा “Plagiarism Test” लेख्नुपर्छ।
📱 eSewa बाट रकम पठाउँदा पनि Remark मा “Plagiarism Test” लेख्न अनिवार्य छ।

💳 शुल्क भुक्तानी गर्ने

रु. १,०००/- शुल्क बैंक वा eSewa मार्फत जम्मा गर्नुहोस्।

बैंक: Purpose मा “Plagiarism Test”    |    eSewa: Remark मा “Plagiarism Test”

🧾 नम्बर ३ को झ्यालमा Bill काटाउने

बैंकको भौचर वा eSewa बाट भुक्तानी गरेको भए eSewa PDF Receipt प्रिन्ट गरेर क्याम्पसको नम्बर ३ को झ्याल मा गई आधिकारिक Bill काटाउनुहोस्।

📌 eSewa को PDF Receipt मात्र पर्याप्त हुँदैन। त्यसको आधारमा क्याम्पसबाट Bill काटाउनुपर्छ।

💻 सूचना प्रविधि शाखामा Thesis बुझाउने

Bill लिएर क्याम्पसको सूचना प्रविधि शाखाका मुख्य प्राविधिक सहायक (IT) सन्तोष सर कहाँ सम्पर्क गर्नुहोस्।

सन्तोष सर भेट्न नसकेमा:
📧 thesischeck2023@gmail.com
Email मा: Bill को फोटो + Thesis Document File पठाउनुहोस्।
📄 File Format:
• Word वा PDF File चेक गर्न सकिन्छ।
• Preeti Font मा लेखिएको नेपाली Thesis भए PDF बनाएर पठाउनुपर्छ।
• नेपाली Thesis का लागि सकेसम्म Unicode प्रयोग गर्नु उपयुक्त हुन्छ।

📊 Plagiarism Test Report प्राप्त गर्ने

Test सम्पन्न भएपछि सम्बन्धित व्यक्तिको Email मा Report पठाइन्छ। Report प्राप्त भएपछि सबै विवरण पूरा भए/नभएको जाँच गर्नुहोस्।

🔍 Report जाँच गर्ने Checklist

तलका सबै कुरा पूरा भएको सुनिश्चित गरेर मात्र अर्को चरणमा जानुहोस्।

☑️ AI Report
AI Index Report
☑️ Similarity Report
Similarity Index Report
☑️ Official Report
क्याम्पसको Letterpad मा दिइएको Plagiarism Test Report
☑️ Self Declaration
Self Declaration Letter / स्व-घोषणा पत्र
☑️ निकाय प्रमुखको छाप
आवश्यक छाप भएको/नभएको
☑️ Test गर्नेको सही
Plagiarism Test गर्ने व्यक्तिको सही
🏛️ क्याम्पसको आधिकारिक छाप पनि Report मा रहेको छ कि छैन जाँच गर्नुहोस्।

🪟 नम्बर ५ को झ्यालमा सम्पर्क गर्ने

Report मा आवश्यक सबै विवरण, Report हरू, सही तथा छापहरू पूरा भएको सुनिश्चित गरेपछि मात्र अरु प्रक्रियाको लागि जानुहोस् | रिपोर्टहरुमा छाप लगाउन छुटेको छ भने क्याम्पसको नम्बर ५ को झ्याल मा गई आवश्यक क्याम्पसको छाप लगाउनुहोस्।

स्वीकृत

Similarity IndexAI Index दुवै २०% भन्दा कम भएमा Thesis स्वीकृत हुन्छ।

सच्याएर पुनः पठाउने

Similarity Index वा AI Index २०% भन्दा बढी भएमा Thesis सच्याएर पुनः पठाउनुपर्छ।

🔄

दोस्रो वा तेस्रो पटक Test गर्दा पुनः शुल्क लाग्दैन

Thesis सच्याएर पुनः Plagiarism Test गराउनुपरेमा फेरि रकम जम्मा गर्नुपर्दैन। पहिलो पटक काटिएको Bill ले नै पुनः Test गराउन सकिन्छ।

⚡ सम्पूर्ण प्रक्रिया

💰 शुल्क 🧾 Bill नं. ३ 💻 IT शाखा 📧 Thesis 📊 Report 🔍 जाँच 🪟 नं. ५
⚠️ विद्यार्थीका लागि विशेष अनुरोध: Report मा आवश्यक सबै कागजात, सही भएको रुजु गरेर मात्र नम्बर ५ को झ्यालमा क्याम्पसको आधिकारिक छाप लगाउन जानुहोस्।

 

🎓

विद्यार्थी छात्रवृत्ति अवसरहरू

आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन उपलब्ध विभिन्न छात्रवृत्ति अवसरहरूको जानकारी प्राप्त गर्नुहोस्।

📢 विद्यार्थीहरूका लागि महत्वपूर्ण जानकारी

हाम्रो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि विभिन्न प्रकारका छात्रवृत्ति तथा शैक्षिक सहायता उपलब्ध छन्। आफूलाई उपयुक्त छात्रवृत्तिको अवसरबारे जानकारी लिई तोकिएको समयमा आवेदन दिनुहोस्।

💚

१. फ्रिशिप

क्याम्पसले खुलाएको फ्रिशिप फाराम भर्ने सबै विद्यार्थीले फ्रिशिप प्राप्त गर्न सक्छन्।

👨‍🎓 कसले फाराम भर्न पाउँछन्?
क्याम्पसमा भर्ना भएका सबै विद्यार्थीले फाराम भर्न पाउँछन्।
🏛️

२. UGC Scholarship

विश्वविद्यालय अनुदान आयोग (UGC) ले विभिन्न शीर्षकमा खुलाउने छात्रवृत्तिका लागि आवेदन दिन सकिन्छ।

👨‍🎓 कसले फाराम भर्न पाउँछन्?
क्याम्पसमा भर्ना भएका सबै विद्यार्थीले सम्बन्धित छात्रवृत्तिको फाराम भर्न पाउँछन्।
🏢

३. सामाजिक विकास मन्त्रालय छात्रवृत्ति

सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश द्वारा प्रदान गरिने विभिन्न छात्रवृत्तिका लागि पनि योग्य विद्यार्थीहरूले आवेदन दिने अवसर प्राप्त गर्छन्।

📌 अवसर:
क्याम्पसमा भर्ना भएका विद्यार्थीहरूले सम्बन्धित मापदण्ड पूरा गरेमा आवेदन दिन सक्छन्।
🏆

४. जेहेन्दार छात्रवृत्ति

प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिन्छ।

🌟 कसलाई प्रदान गरिन्छ?
सम्बन्धित तह/कार्यक्रममा उत्कृष्ट (सबैभन्दा धेरै अंक प्राप्त गर्ने) विद्यार्थीलाई।
🌟

तपाईंको अवसर, तपाईंको भविष्य!

छात्रवृत्ति सम्बन्धी सूचना, आवेदन मिति तथा आवश्यक मापदण्डका लागि क्याम्पसबाट प्रकाशित हुने आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्नुहोस्।

⚠️ ध्यान दिनुहोस्

प्रत्येक छात्रवृत्तिको आफ्नै योग्यता, मापदण्ड, आवेदन प्रक्रिया तथा समयसीमा हुन सक्छ। त्यसैले आवेदन गर्नु अघि सम्बन्धित आधिकारिक सूचना ध्यानपूर्वक पढ्नुहोस्।

 

💰

शैक्षिक कार्यक्रम तथा शुल्क विवरण

महेन्द्र बहुमुखी क्याम्पस, दाङ

नियमित, स्नातकोत्तर तथा विशेष शैक्षिक कार्यक्रमतर्फ
📌 शुल्क सम्बन्धी महत्वपूर्ण जानकारी
तल उल्लेखित शुल्कहरू सम्बन्धित वर्ष/सेमेस्टरका लागि एकमुष्ट शुल्क हुन्। शुल्क सम्बन्धी अन्तिम तथा आधिकारिक जानकारीका लागि क्याम्पस प्रशासन वा सम्बन्धित शाखामा सम्पर्क गर्नुहोस्।
REGULAR ACADEMIC PROGRAM

🎓 नियमित शैक्षिक कार्यक्रमतर्फ — स्नातक तह

विषय / संकाय तह प्रथम वर्ष
(एकमुष्ट)
दोस्रो वर्ष
(एकमुष्ट)
तेस्रो वर्ष
(एकमुष्ट)
चौथो वर्ष
(एकमुष्ट)
🔬 B.Sc. विज्ञान स्नातक रु. २४,४५० रु. १८,१३० रु. १८,१३० रु. १९,१३०
📚 BA मानविकी स्नातक रु. ८,८२० रु. ७,२५० रु. ७,२५० रु. ७,२५०
📊 BBS व्यवस्थापन स्नातक रु. ८,८२० रु. ७,२५० रु. ७,२५० रु. ७,२५०
👨‍🏫 B.Ed. शिक्षाशास्त्र स्नातक रु. ११,९१० रु. ९,८५० रु. ९,८५० रु. १०,८५०
POSTGRADUATE / REGULAR ACADEMIC PROGRAM

🎓 स्नातकोत्तर तह — नियमित शैक्षिक कार्यक्रम

विषय / कार्यक्रम तह प्रथम सेमेस्टर
(एकमुष्ट)
दोस्रो सेमेस्टर
(एकमुष्ट)
तेस्रो सेमेस्टर
(एकमुष्ट)
चौथो सेमेस्टर
(एकमुष्ट)
📖 MA तर्फ स्नातकोत्तर रु. १८,१२५ रु. १७,१२५ रु. १७,१२५ रु. १७,१२५
📊 MBS तर्फ स्नातकोत्तर रु. १८,१२५ रु. १७,१२५ रु. १७,१२५ रु. १७,१२५
👨‍🏫 M.Ed. तर्फ स्नातकोत्तर रु. १८,१२५ रु. १७,१२५ रु. १७,१२५ रु. १७,१२५
🚀 नयाँ कार्यक्रम 🔔 Coming Soon
SPECIAL ACADEMIC PROGRAM

💻 विशेष शैक्षिक कार्यक्रमतर्फ

BBA, BCA, B.Sc.CSIT तथा आगामी BIT कार्यक्रम

📌 सेमेस्टर शुल्क संरचना

विशेष शैक्षिक कार्यक्रमतर्फ प्रथम सेमेस्टर अन्तर्गत दुईवटा शुल्क खण्ड छन्। त्यसपछि दोस्रोदेखि आठौँ सेमेस्टरसम्म प्रत्येक सेमेस्टरको शुल्क छुट्टाछुट्टै उल्लेख गरिएको छ।

कार्यक्रम प्रथम सेमेस्टर
(दुई खण्ड)
दोस्रो
सेमेस्टर
तेस्रो
सेमेस्टर
चौथो
सेमेस्टर
पाँचौँ
सेमेस्टर
छैठौँ
सेमेस्टर
सातौँ
सेमेस्टर
आठौँ
सेमेस्टर
प्रथम खण्ड दोस्रो खण्ड
🎓 BBA तर्फ रु. ५०,००० रु. २०,०५० रु. ४०,१०० रु. ४०,१०० रु. ४०,१०० रु. ४०,१०० रु. ४०,१०० रु. ४०,१०० रु. ४०,१००
💻 BCA तर्फ रु. ५०,००० रु. २०,००० रु. ३२,००० रु. ३२,००० रु. ३२,००० रु. ३२,००० रु. ३२,००० रु. ३०,००० रु. ३०,०००
🖥️ B.Sc.CSIT तर्फ रु. ५६,५०० रु. २०,५०० रु. ४१,००० रु. ४१,००० रु. ४१,००० रु. ४१,००० रु. ४१,००० रु. ४१,००० रु. ४१,०००
🌐 BIT तर्फ 🚀 COMING SOON
शुल्क विवरण चाँडै प्रकाशित गरिनेछ।

💡 कार्यक्रमअनुसार शुल्कको संक्षिप्त झलक

🔬
B.Sc.
प्रथम वर्ष: रु. २४,४५०
📚
BA / BBS
प्रथम वर्ष: रु. ८,८२०
👨‍🏫
B.Ed.
प्रथम वर्ष: रु. ११,९१०
🎓
MA / MBS / M.Ed.
प्रथम सेमेस्टर: रु. १८,१२५
📈
BBA
प्रथम खण्ड: रु. ५०,०००
💻
BCA
प्रथम खण्ड: रु. ५०,०००
🖥️
B.Sc.CSIT
प्रथम खण्ड: रु. ५६,५००
🌐
BIT
🚀 COMING SOON
📢

विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना

शुल्क सम्बन्धी अन्तिम तथा आधिकारिक विवरण क्याम्पस प्रशासनबाट प्राप्त गर्नुहोस्। समयअनुसार शुल्कमा परिवर्तन हुन सक्नेछ।

📜

चारित्रिक प्रमाण पत्र लिने प्रक्रिया

Character Certificate Application Procedure
⚠️ सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा

चारित्रिक प्रमाण पत्र लिनका लागि सुरुमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट Transcript निकालेको हुनुपर्छ।
Transcript प्राप्त गरेपछि मात्र क्याम्पसमा आई तल उल्लेखित प्रक्रिया पूरा गर्नुहोस्।

💰 तह अनुसार लाग्ने शुल्क
🎓
Intermediate Level
रु. १,०१०/-
🎓
Bachelor Level
रु. १,५१०/-
🎓
Master Level
रु. २,०१०/-
🏦 प्रथम चरण: उल्लेखित रकमको बैंक Voucher नेपाल बैंक लिमिटेड मा जम्मा गर्नुहोस्।

🏦 नेपाल बैंक लिमिटेडमा रकम जम्मा गर्ने

आफ्नो तहअनुसारको Character Certificate शुल्क नेपाल बैंक लिमिटेडमा क्याम्पसको खातामा जम्मा गर्नुहोस्।

🧾 नम्बर ३ झ्याल — लेखा शाखा

बैंकमा रकम जम्मा गरेपछि सोही Bank Voucher लिएर नम्बर ३ झ्याल — लेखा शाखा मा जानुहोस् र Character Certificate को रसिद (Bill) काटाउनुहोस्।

📝 नम्बर १ झ्याल — परीक्षा शाखा

Bill काटिसकेपछि नम्बर १ झ्याल — परीक्षा शाखा मा जानुहोस्। त्यहाँ “चारित्रिक प्रमाणपत्र दिलाई पाउँ” भन्ने निवेदन फाराम भर्नुहोस्।

📄 निवेदन फाराम: “चारित्रिक प्रमाणपत्र दिलाई पाउँ”

📚 Clearance गराउने

निवेदन फाराम लिएर सम्बन्धित शाखाहरूबाट Clearance गराउनुहोस्।

🧾 लेखा शाखा
नम्बर ५ झ्याल
📚 पुस्तकालय शाखा
Library Clearance
🔬 Science Lab
Science Faculty का विद्यार्थीका लागि मात्र
👉 Science Faculty का विद्यार्थीले Science Lab बाट पनि अनिवार्य रूपमा Clearance गराउनुपर्नेछ।

🏛️ क्याम्पस प्रमुखको टोक लगाउने

सबै आवश्यक Clearance पूरा भएपछि क्याम्पस प्रमुखको टोक लगाएर फेरि परीक्षा शाखा — नम्बर ७ कोठा मा जानुहोस्।

👤 Personal Details उपलब्ध गराउने

परीक्षा शाखामा आवश्यक Personal Details उपलब्ध गराउनुहोस्। त्यसपछि तपाईंको Character Certificate तयार गरिनेछ।

✅ अन्तिम चरण — सही तथा छाप

Character Certificate तयार भएपछि क्याम्पस प्रमुखको सही तथा आधिकारिक छाप लगाउनुहोस्।

⚡ सम्पूर्ण प्रक्रिया छोटकरीमा

🏦 Bank Voucher 🧾 झ्याल नं. ३ 📝 झ्याल नं. १ 📚 Clearance 🏛️ Campus Chief Tok 👤 Personal Details 📜 Certificate
⚠️ महत्त्वपूर्ण: Transcript ननिकालेसम्म Character Certificate को प्रक्रिया सुरु नगर्नुहोस्। पहिले त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट Transcript निकालिसकेपछि मात्र क्याम्पसमा आई माथिका प्रक्रिया पूरा गर्नुहोस्।

सिफारिस लिने प्रक्रिया

  1. सिफारिस लिनको लागि सुरुमा नेपाल बैंक लिमिटेड मा जानु पर्छ र क्याम्पसको खातामा रू. २००/- जम्मा गर्नु पर्छ । जम्मा गरेको Voucher लिएर लेखा शाखामा रसिद कटाउने ।
  2. सिफारिस पाउँ भनि क्याम्पस प्रमुखलाई सम्बोधन गरेर निबेदन पेश गर्ने ।
  3. क्याम्पस प्रमुखको टोक लगाएर प्रशासन शाखामा जाने ।
  4. प्रशासन शाखाले सिफारिस बनाएर दिन्छ ।
  5. त्यस पछि क्याम्पस प्रमुखको सही छाप गराउने ।

नोट:

  • नेपाली लेटरप्याडमा सिफारिस लिनको लागि रू. २००/- र English Letterpad (running letter) मा सिफारिस लिनको लागि क्याम्पसको खातामा रू. ५००/- जम्मा गर्नु पर्छ ।
  • English letterpad विदेश जानको लागि हो भने Consultancy बाट नै सिफारिस (running letter) को format type गरेर ल्याउने अथवा बाहिर प्रिन्ट गरे पनि हुन्छ । क्याम्पसले English letterpad उपलब्ध गराउँछ ।

🎓

Master Level Thesis / Dissertation / Research

Proposal देखि Thesis Submission सम्मको सम्पूर्ण प्रक्रिया
📌 सुरुमा के गर्ने ?

सम्बन्धित Master Level का विद्यार्थीहरूले आफ्नो सम्बन्धित विषयका Supervisor सर/म्याडमसँग समन्वय गरी आफ्नो Research Topic छनोट गर्नुहोस्। त्यसपछि आवश्यक Research Proposal तयार गरी Proposal Defense गर्नुहोस्।

👨‍🏫 उपलब्ध Thesis / Research Supervisors

📊 MBS

  1. Ishwori Prasad Ghimire
  2. Khadananda Khanal
  3. Bamdev Bhandari
  4. Tilak D.C.
  5. Shyam Kumar Acharya

🏛️ MA Political Science

  1. Dr. Sudip Gautam
  2. Rewati Raman Bhattarai
  3. Dr. Suramani Belbase
  4. Prabin Sharma

📚 MA English

  1. Suman Ghimire
  2. Kulbir Chaudhary

🛣️ Thesis Journey — Step by Step

💡 Topic 📝 Proposal 🎤 Proposal Defense ✍️ Thesis Writing 🔍 Plagiarism Test 🎤 VIVA 📚 Binding 🏛️ Dean Office

① 📝 Proposal तयार गर्ने र Proposal Defense गर्ने

सम्बन्धित Supervisor सँग नियमित समन्वय गरी Research Proposal तयार गर्नुहोस् र निर्धारित प्रक्रिया अनुसार Proposal Defense गर्नुहोस्।

② ✍️ Thesis लेखन सुरु गर्ने

Proposal Defense पूरा भएपछि Thesis लेखन सुरु गर्नुहोस्। लेखनको क्रममा समय–समयमा आफ्नो Supervisor सँग समन्वय गरी आवश्यक सुझाव र सुधार गर्दै जानुहोस्।

🤖 AI सम्बन्धी विशेष सुझाव:
AI बाट Idea, Structure वा प्रारम्भिक सहयोग लिन सकिन्छ, तर AI को Content जस्ताको तस्तै Copy/Paste नगर्नुहोस्। आफ्नो बुझाइ, अनुसन्धान र लेखन शैलीअनुसार Content तयार गर्नुहोस्।

📚 Citation: प्रयोग गरिएका Books, Articles, Journals, Websites तथा अन्य स्रोतहरूलाई सही Academic Citation सहित उल्लेख गर्नुहोस्।

③ 🔍 Thesis पूरा भएपछि Plagiarism Test

Thesis लेखन पूरा भएपछि आवश्यक प्रक्रिया पूरा गरी Plagiarism Test गराउनुहोस्।

📌 Plagiarism Test सम्बन्धी विस्तृत प्रक्रिया क्याम्पसको Plagiarism Test Procedure section अनुसार पूरा गर्नुहोस्।

④ 🎤 VIVA का लागि नाम टिपाउने

Plagiarism Test Report प्राप्त गरेपछि परीक्षा शाखा — ७ नम्बर कोठा मा शारदा शर्मा म्याडम लाई भेटी VIVA का लागि आफ्नो नाम टिपाउनुहोस्।

📅 VIVA प्रत्येक महिनाको अन्तिम शुक्रबार हुन्छ।

🎤 VIVA मा बस्नुअघि तयार पार्नुपर्ने सामग्री

📊
१. Plagiarism Test Report
आवश्यक Plagiarism Report
💰
२. रु. ८,५००/-
क्याम्पसको खातामा जम्मा गरी लेखा शाखा — नम्बर ३ झ्यालबाट लिएको रसिद
📚
३. Thesis Report
१ वा २ प्रति Thesis Report

⑤ 📚 VIVA पछि Thesis Binding गर्ने

VIVA पूरा भएपछि आफ्नो Supervisor को सल्लाहअनुसार Thesis लाई Binding गर्नुहोस्।

Binding गर्दा ध्यान दिनुपर्ने:
  • कम्तिमा ३ प्रति Thesis Binding गर्नुपर्नेछ।
  • तीनै प्रति Thesis मा Plagiarism Test Report राख्नुपर्नेछ।
  • तीनै प्रति Thesis मा Self Declaration Letter राख्नुपर्नेछ।
  • Dean Office मा पठाउने Thesis मा Original Plagiarism Test Report राख्नुपर्नेछ।

⑥ 🏛️ Thesis परीक्षा शाखामा बुझाउने

Thesis Binding भइसकेपछि परीक्षा शाखा — ७ नम्बर कोठा मा तीनै प्रति Thesis बुझाउनुहोस्।

साथमा बुझाउनुपर्ने:
  • Binding गरिएको ३ प्रति Thesis
  • सम्बन्धित Dean Office को खातामा जम्मा गरेको रु. १,०००/- को Bank Voucher

⑦ ✍️ सहीछाप तथा Dean Office पठाउने प्रक्रिया

  1. परीक्षा शाखामा सम्बन्धित सरहरूले Thesis मा आवश्यक सही गर्नुहुन्छ।
  2. परीक्षा शाखाले आवश्यक सबै सहीछाप पूरा गराउँछ।
  3. Thesis सम्बन्धी आवश्यक Online Entry गरिन्छ।
  4. सामान्यतया १–२ हप्ता पछि अनुकूल समय मिलाएर सम्बन्धित शिक्षक वा कर्मचारीमार्फत Thesis सम्बन्धित Dean Office मा पठाइन्छ।
🎉

Thesis प्रक्रिया पूरा हुने चरण

Dean Office मा Thesis पुगेपछि सामान्यतया करिब १–डेढ महिनामा सम्पूर्ण Thesis प्रक्रिया पूरा हुन्छ।

Thesis प्रक्रिया पूरा भएपछि Transcript निकाल्न सकिन्छ र त्यसपछि Character Certificate का लागि क्याम्पसमा आवश्यक प्रक्रिया अगाडि बढाउन सकिन्छ।

⚡ Transcript छिटो चाहिने विद्यार्थीका लागि विशेष जानकारी

यदि Transcript अत्यन्तै आवश्यक/हतारमा चाहिएको छ भने, सम्बन्धित विद्यार्थीले आफ्नो Thesis लिएर आफैं Dean Office मा सम्पर्क गर्न सक्नुहुन्छ।

📌 क्याम्पसबाट धेरै विद्यार्थीहरूको Thesis एकमुष्ट रूपमा पठाउँदा सबै Thesis को कागजात तथा प्रक्रिया मिलाउन केही समय लाग्न सक्छ। त्यसैले अत्यावश्यक अवस्थामा व्यक्तिगत रूपमा सम्बन्धित Dean Office मा सम्पर्क गर्दा प्रक्रिया छिटो हुन सक्ने सम्भावना हुन्छ।

⚡ सम्पूर्ण Thesis प्रक्रिया एक नजरमा

💡 Topic 📝 Proposal 🎤 Defense ✍️ Thesis 🔍 Plagiarism 🎤 VIVA 📚 Binding ✍️ Signature 🏛️ Dean Office 📜 Transcript
⚠️ विद्यार्थीहरूका लागि सुझाव: Thesis लेखनदेखि अन्तिम Submission सम्म आफ्नो Supervisor सँग नियमित समन्वय गरिरहनुहोस्। कुनै पनि चरणमा समस्या वा अन्योल भएमा सम्बन्धित परीक्षा शाखा मा सम्पर्क गर्नुहोस्।

🎓

कुन-कुन विषयमा Entrance Exam दिनुपर्छ?

महेन्द्र बहुमुखी क्याम्पस, दाङमा सञ्चालित शैक्षिक कार्यक्रमसम्बन्धी महत्वपूर्ण जानकारी
📌 Entrance Exam सम्बन्धी जानकारी

यस महेन्द्र बहुमुखी क्याम्पस, दाङमा सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रमहरूमध्ये केही कार्यक्रममा Entrance Examination अनिवार्य हुन्छ भने केही कार्यक्रममा Entrance Examination दिनु पर्दैन। तह तथा कार्यक्रमअनुसारको विवरण तल दिइएको छ।

Entrance Exam दिनुपर्ने

Entrance Examination Required
🎓 स्नातक तह
01. B.Sc.
02. B.Sc. CSIT
03. BBA
04. BCA
🎓 स्नातकोत्तर तह
01. MA
02. MBS
03. M.Ed.
🚫

Entrance Exam दिनु नपर्ने

Entrance Examination Not Required
🎓 स्नातक तह
01. BBS
02. B.Ed.
03. BA
⚠️ B.Ed. का लागि विशेष योग्यता:
Plus 2 मा कम्तिमा GPA 2.0 ल्याएको हुनुपर्नेछ।

📋 Entrance Exam — Quick View

तह Entrance Exam दिनुपर्ने Entrance Exam दिनु नपर्ने
स्नातक तह B.Sc., B.Sc. CSIT, BBA, BCA BBS, B.Ed., BA
स्नातकोत्तर तह MA, MBS, M.Ed.

⚠️ +2 मा Back / Chance Exam भएका विद्यार्थीका लागि विशेष जानकारी

यदि कुनै विद्यार्थीको Plus 2 मा Back लागेको छ, Chance Examination नजिकै आएको छ वा Chance Examination को Result प्रकाशन भइसकेको छैन भने पनि सम्बन्धित स्नातक तहको Entrance Examination दिन सकिन्छ।

⏳ Entrance Result मा “WITHHELD” आउन सक्छ

त्यस्तो अवस्थामा विद्यार्थीको Entrance Result मा “WITHHELD” भनेर देखिन सक्छ। यो अवस्थालाई Entrance Examination मा असफल भएको अर्थमा बुझ्नु हुँदैन। Chance Examination को Result आएपछि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।

🔄 +2 Back भएको विद्यार्थीको Entrance प्रक्रिया

📚 +2 Back 📝 Entrance Exam ⏳ WITHHELD 📢 Chance Result ✅ PASS 📧 Dean Office मा Result 🔄 Real Result 🏆 Rank थाहा हुने

✅ “WITHHELD” Result पछि के हुन्छ?

Chance Examination को Result मा विद्यार्थी PASS भएपछि प्राप्त Marksheet / Grade Sheet सम्बन्धित विषयको Dean Office को Email मा पठाउनुपर्छ।

📩 Dean Office मा Result पठाएपछि

सम्बन्धित Dean Office ले विद्यार्थीको Chance Examination मा उत्तीर्ण भएको Result रुजु गरेपछि पहिले “WITHHELD” राखिएको Entrance Result लाई वास्तविक Result मा परिवर्तन गर्छ।

🎯 त्यसपछि विद्यार्थीले आफ्नो Entrance Result मा कति Rank / Merit Rank आएको छ भन्ने कुरा थाहा पाउन सक्छ।

💡 विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरा

  • +2 को Result नआएको कारणले मात्र सम्बन्धित स्नातक तहको Entrance Examination बाट वञ्चित हुनुपर्ने अवस्था नहुन सक्छ।
  • Chance Examination को Result आएपछि PASS भएको Marksheet / Grade Sheet सम्बन्धित Dean Office मा पठाउनुपर्ने हुन्छ।
  • Dean Office मा Result पठाएपछि WITHHELD Result वास्तविक Result मा Update हुन्छ।
  • Result Update भएपछि विद्यार्थीले आफ्नो Entrance Rank / Merit Rank थाहा पाउन सक्छ।

🎓 स्नातकोत्तर तहका विद्यार्थीका लागि विशेष जानकारी

+2 को Back / Chance Examination सम्बन्धी माथि उल्लेखित व्यवस्था स्नातकोत्तर तहको Entrance Examination मा सामान्यतया लागू नहुन सक्छ अथवा लागू नहुन सक्छ। किनभने स्नातकोत्तर तहको Entrance Examination खुल्नुअघि स्नातक तहको Result सामान्यतया प्रकाशित भइसकेको हुन्छ। त्यसैले स्नातक तहको Result सम्बन्धी समस्या समाधान गर्न पर्याप्त समय हुने भएकाले यस सम्बन्धमा हतार नहुने हुन्छ।

📌 नोट: स्नातकोत्तर तहको Entrance, Eligibility तथा Admission सम्बन्धी अन्तिम व्यवस्था सम्बन्धित Dean Office / त्रिभुवन विश्वविद्यालयले जारी गरेको आधिकारिक सूचना अनुसार हुनेछ।

📘 B.Ed. मा भर्ना हुन चाहने विद्यार्थीका लागि

B.Ed. मा Entrance Examination आवश्यक पर्दैन। तर भर्नाका लागि Plus 2 मा कम्तिमा GPA 2.0 ल्याएको हुनुपर्नेछ।

📢 महत्त्वपूर्ण सूचना:
Entrance Examination, Eligibility, Result, Rank तथा Admission सम्बन्धी अन्तिम निर्णय त्रिभुवन विश्वविद्यालय तथा सम्बन्धित Dean Office बाट जारी हुने आधिकारिक सूचना अनुसार हुनेछ।
कुनै विषयमा अन्योल भएमा क्याम्पसको सम्बन्धित शाखामा सम्पर्क गरी जानकारी लिनुहोस्।
🎓 महेन्द्र बहुमुखी क्याम्पस, दाङ
विद्यार्थीको शैक्षिक यात्रा सहज, व्यवस्थित र जानकारीमूलक बनाउने हाम्रो प्रयास।

📝

अनलाइन परीक्षा फाराम कसरी भर्ने?

त्रिभुवन विश्वविद्यालयको अनलाइन परीक्षा फाराम भर्ने सरल प्रक्रिया

📢 सुरु गर्नुअघि

त्रि.वि.ले सम्बन्धित परीक्षा फाराम खोलेपछि मात्र Student Portal बाट अनलाइन परीक्षा फाराम भर्न सकिन्छ।

STEP 01

🔐 Student Portal मा Login गर्नुहोस्

त्रि.वि.ले परीक्षा फाराम खोलेपछि आफ्नो Username र Password प्रयोग गरी Student Portal मा Login गर्नुहोस्।

STEP 02

☰ Exam Form मा जानुहोस्

☰ 3 Horizontal Lines
📝 Exam Form

Login गरेपछि Left Side मा रहेको ☰ 3 Horizontal Lines मा क्लिक गरी Exam Form मा जानुहोस्।

STEP 03

➕ आफ्नो परीक्षा छनोट गर्नुहोस्

  1. Exam Form Page मा गएपछि Right Side को माथि रहेको Profile Icon को तल रहेको Add New मा क्लिक गर्नुहोस्।
  2. आफूले दिनुपर्ने सम्बन्धित परीक्षा छनोट गर्नुहोस्।
  3. देखाइएका विषयहरूमध्ये आफूले अध्ययन गरेका विषयहरू ध्यानपूर्वक Tick गर्नुहोस्।
  4. आवश्यक Passport Size Photo Upload गर्नुहोस्।
⚠️

ऐच्छिक विषय छनोट गर्दा विशेष सावधानी अपनाउनुहोस्!

Submit गर्नु अघि आफ्नो सबै विषय, विशेष गरी ऐच्छिक विषय (Optional Subject), अनिवार्य रूपमा पुनः जाँच गर्नुहोस्।

गलत विषयमा Tick गरेर Submit गरेमा पछि समस्या आउन सक्छ। त्यसैले Submit गर्नु अघि एकपटक मात्र होइन, ध्यानपूर्वक पुनः जाँच गरेर मात्र Submit गर्नुहोस्।

STEP 04

🔍 सबै विवरण जाँच गरी Submit गर्नुहोस्

👤 व्यक्तिगत विवरण
नाम तथा अन्य विवरण जाँच गर्नुहोस्।
📚 विषयहरू
सबै विषय सही छन् कि छैनन् जाँच गर्नुहोस्।
ऐच्छिक विषय
Optional Subject विशेष रूपमा जाँच गर्नुहोस्।
📸 Photo
Passport Size Photo सही छ कि छैन हेर्नुहोस्।
✅ सबै कुरा ठीक भएपछि मात्र SUBMIT गर्नुहोस्
STEP 05

🖨️ Form Print गरी परीक्षा शाखामा बुझाउनुहोस्

1️⃣
Online Form Submit
2️⃣
Form Print
3️⃣
परीक्षा शाखामा बुझाउने
4️⃣
तुरुन्त Verify गराउने
📌 महत्वपूर्ण: Submit गरेपछि Form को Print Copy क्याम्पसको परीक्षा शाखामा बुझाई तुरुन्त Verification का लागि पठाउन अनुरोध गर्नुहोस्।
STEP 06

🎫 प्रवेश पत्र (Admit Card) लिनुहोस्

🎓 → 📝 → 🖨️ → 🔎 → 🎫

परीक्षा फाराम Verify भएपछि ढुक्क भएर परीक्षा तयारी गर्नुहोस्।

📅 परीक्षा हुने मितिभन्दा करिब १ हप्ता अगाडि
क्याम्पसको परीक्षा शाखामा सम्पर्क गरी प्रवेश पत्र (Admit Card) लिन आउनुहोस्।

🔄 विषय सच्याउनु परेमा के गर्ने?

परीक्षा फाराममा विषय वा अन्य विवरण गलत छनोट भएको थाहा भएमा Verification हुनु अगाडि नै सुधार प्रक्रिया सुरु गर्नुहोस्।


गलत विषय/विवरण
🏫
परीक्षा शाखामा सम्पर्क
🗑️
Form Delete गराउने
📝
फेरि सुरुबाट भर्ने
⚠️ ध्यान दिनुहोस्: Form Verify भइसकेपछि विषय सच्याउने प्रक्रिया थप जटिल हुन सक्छ। त्यसैले Verification अघि नै परीक्षा शाखामा सम्पर्क गरी आवश्यक सुधार गर्नुहोस्।

🚀 परीक्षा फाराम भर्ने सम्पूर्ण प्रक्रिया

🔐
Login
📝
Exam Form

Add New
📚
Subjects
📸
Photo

Submit
🖨️
Print
🔎
Verify
🎫
Admit Card

✅ Submit गर्नुअघि विद्यार्थीले अनिवार्य जाँच गर्ने कुरा

☐ सही परीक्षा छनोट गरेको छु
☐ सबै विषय सही छनोट गरेको छु
☐ ऐच्छिक विषय विशेष रूपमा जाँच गरेको छु
☐ Passport Size Photo Upload गरेको छु
☐ सबै विवरण पुनः जाँच गरेको छु
☐ Form Submit गरेको छु
☐ Form Print गरी परीक्षा शाखामा बुझाएको छु
☐ Form Verify भएको सुनिश्चित गरेको छु
📌 विशेष सूचना

परीक्षा फाराम Submit गर्नु अघि सबै विवरण, विषय र विशेष गरी ऐच्छिक विषय राम्रोसँग जाँच गर्नुहोस्। कुनै गल्ती भएमा परीक्षा शाखाले Verify गर्नु अघि नै तुरुन्त सम्पर्क गरी फाराम Delete गराएर पुनः फाराम भर्नुहोस्।

🔐

विद्यार्थी पोर्टलको Password बिर्सिएमा कसरी Reset गर्ने?

आफ्नो Student Portal को Password आफैं Reset गर्ने सरल तरिका

📢 Password बिर्सनुभयो?

चिन्ता नगर्नुहोस्। आफ्नो Username थाहा छ भने Student Portal बाट आफैं Password Reset गर्न सकिन्छ।

PASSWORD RESET

🔑 ३ सरल चरणमा Password Reset गर्नुहोस्

Student Portal खोल्नुहोस्

तलको लिंकबाट Student Portal को Login Page मा जानुहोस्।

Forgot your password? मा क्लिक गर्नुहोस्

SIGN IN बटनको तल रहेको Forgot your password? मा क्लिक गर्नुहोस्।

Username राखेर Reset Password गर्नुहोस्

Password Reset Portal खुलेपछि आफ्नो Username Enter गरी Reset Password मा क्लिक गर्नुहोस्।

📧 त्यसपछि Username र Password का लागि विवरण इन्ट्री गर्दा दिएको Email Address मा no-reply बाट Password Reset सम्बन्धी Email प्राप्त हुन्छ।

📧 Reset Password Email आएन भने के गर्ने?

📥
१. Inbox जाँच गर्नुहोस्

Gmail को Inbox मा no-reply बाट आएको Email खोज्नुहोस्।

📂
२. Spam Folder जाँच गर्नुहोस्

Inbox मा Email नभएमा Spam Folder पनि जाँच गर्नुहोस्।

🏫
३. परीक्षा शाखामा सम्पर्क गर्नुहोस्

कतै पनि Email नभएमा क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।

📌 Email परिवर्तन गर्नुपर्ने अवस्था भएमा:
क्याम्पसले नयाँ Email Set गरेपछि Reset Password को Email सोही नयाँ Email मा प्राप्त हुने व्यवस्था गरिन्छ।
🛡️

विद्यार्थीहरूले थाहा पाउनैपर्ने महत्वपूर्ण कुरा

आफ्नो Username र Password अरूलाई नदिनुहोस्। आफ्नो Online Form सकेसम्म आफैं भर्नुहोस्।

🚫 Computer Shop / Cyber / अन्य व्यक्तिलाई Password नदिनुहोस्

सकेसम्म बाहिरको Computer Shop, Cyber वा अन्य तेस्रो व्यक्तिलाई Registration Form तथा Examination Form भर्न नलगाउनुहोस्।

विगतमा केही विद्यार्थीहरूले आफ्नो फाराम आफैं नभरी बाहिरबाट भराउँदा Computer Shop, Cyber वा अन्य व्यक्तिले Password परिवर्तन गरिदिएका कारण पछि परीक्षा फाराम भर्ने समयमा आफ्नो Username तथा Password नै थाहा नभएको अवस्था देखिएको छ।

🔐 Password अरूलाई दिँदा हुनसक्ने जोखिम

🔑
Password परिवर्तन हुन सक्छ

तपाईंलाई जानकारी नदिई Password परिवर्तन हुन सक्छ।

👤
Account मा अनधिकृत पहुँच

अन्य व्यक्तिले तपाईंको Portal मा पहुँच पाउन सक्छ।

📝
Form मा समस्या

विषय वा अन्य विवरणमा अनावश्यक परिवर्तन हुन सक्छ।

⚠️
Security Risk

Username/Password को गलत प्रयोग हुन सक्ने जोखिम रहन्छ।

✅ फाराम भर्न समस्या भयो भने के गर्ने?

👨‍🎓
आफैं फाराम भर्ने प्रयास गर्नुहोस्
💻
समस्या आएमा IT शाखामा सम्पर्क गर्नुहोस्
👨‍🏫
IT शाखाबाट प्रक्रिया सिक्नुहोस्

क्याम्पसको IT शाखाले Online Registration तथा Examination Form भर्ने तरिका सिकाउन सहयोग गर्नेछ।

🔒 आफ्नो Username र Password कसरी सुरक्षित राख्ने?

✅ Username सुरक्षित राख्नुहोस्।
✅ Password अरूलाई नदिनुहोस्।
✅ आफ्नो Diary मा सुरक्षित रूपमा लेखेर राख्नुहोस्।
✅ Mobile Phone मा सुरक्षित Password Manager/Notes मा राख्न सकिन्छ।
❌ Computer Shop/Cyber को कर्मचारीलाई Password नदिनुहोस्।
❌ Social Media वा अन्य सार्वजनिक स्थानमा Password नराख्नुहोस्।

📌 क्याम्पसको अनुरोध

क्याम्पसमा अन्य थुप्रै प्रशासनिक तथा शैक्षिक कार्यहरू समयमै सम्पन्न गर्नुपर्ने हुन्छ। हजारौं विद्यार्थीहरूको Password Reset सम्बन्धी समस्या बारम्बार आउँदा क्याम्पस प्रशासन तथा परीक्षा शाखाको नियमित कार्यसम्पादनमा समेत असर पर्न सक्छ।

त्यसैले सबै विद्यार्थीहरूले आफ्नो Username र Password सुरक्षित राखी, Online Form आफैं भर्ने र समस्या परेमा क्याम्पसको IT शाखा वा परीक्षा शाखासँग समयमै सम्पर्क गरिदिनुहुन अनुरोध छ।

⚠️

Password बिर्सने समस्याबाट बच्नुहोस्

विद्यार्थीले आफ्नो Username तथा Password सुरक्षित नराख्दा बारम्बार Password Reset गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो समस्या नआओस् भन्नका लागि सबै विद्यार्थीले आफ्नो Login विवरण सुरक्षित राख्न विशेष ध्यान दिनुहोस्।

क्याम्पसले आवश्यक प्रक्रिया/व्यवस्था अनुसार Password Reset सम्बन्धी सेवामा शुल्क वा जरिवाना लागू गर्न सक्ने अवस्था हुन सक्छ।

🎓 🔐 🛡️

आफ्नो Account, आफ्नो जिम्मेवारी

Username र Password सुरक्षित राख्नुहोस्।
Online Registration तथा Examination Form सकेसम्म आफैं भर्नुहोस्।
समस्या परेमा बाहिरका व्यक्तिलाई Password दिनुभन्दा क्याम्पसको IT शाखासँग सहयोग लिनुहोस्।

📜

माइग्रेसन सर्टिफिकेट कसरी निकाल्ने?

त्रिभुवन विश्वविद्यालयको माइग्रेसन सर्टिफिकेट प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया

📢 विद्यार्थीहरूका लागि महत्वपूर्ण जानकारी

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट माइग्रेसन सर्टिफिकेट लिनका लागि तल उल्लेखित प्रक्रिया पूरा गर्नुहोस्।

फाराम प्रिन्ट गर्नुहोस्

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुले उपलब्ध गराएको माइग्रेसन सर्टिफिकेटको फाराम प्रिन्ट गर्नुहोस्।

क्याम्पसबाट सहिछाप

प्रिन्ट गरिएको फाराममा यस क्याम्पसका निकाय प्रमुख (क्याम्पस प्रमुख)बाट आवश्यक सहिछाप गराउनुहोस्।

बल्खुमा बुझाउनुहोस्

क्याम्पस प्रमुखको सहिछाप भएको फाराम त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा बुझाउनुहोस्।

📌 थप जानकारी

माइग्रेसन सर्टिफिकेटका लागि आवश्यक कागजात, शुल्क, प्रक्रिया तथा अन्य विवरण सम्बन्धित फाराममै उल्लेख गरिएको हुन्छ। त्यसैले फाराम भर्नुअघि फाराममा दिइएको सम्पूर्ण जानकारी ध्यानपूर्वक पढ्नुहोस्।

📥

माइग्रेसन सर्टिफिकेटको फाराम

फाराम यसै पेजको तल/सम्बन्धित सेक्सनमा उपलब्ध छ। फाराम डाउनलोड गरी आवश्यक विवरण भर्नुहोस्।

📄 फाराम हेर्नुहोस् / डाउनलोड गर्नुहोस्
⚠️ ध्यान दिनुहोस्: फाराम बुझाउनु अघि आवश्यक विवरण तथा क्याम्पस प्रमुखको सहिछाप पूरा भएको सुनिश्चित गर्नुहोस्।

🎓

रजिष्ट्रेशन फाराम र परीक्षा फाराम कहिले भर्नु पर्छ?

स्नातक प्रथम वर्षमा भर्ना हुने विद्यार्थीहरूले थाहा पाउनै पर्ने महत्वपूर्ण जानकारी

📢 सबै नयाँ विद्यार्थीका लागि महत्वपूर्ण

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा प्रथम पटक स्नातक तहमा भर्ना हुँदा रजिष्ट्रेशन फाराम अनिवार्य रूपमा भर्नुपर्छ।

📝 १. रजिष्ट्रेशन फाराम

प्रथम पटक त्रि.वि.मा भर्ना हुँदै हुनुहुन्छ?

त्रि.वि. अन्तर्गतको क्याम्पसमा प्रथम पटक भर्ना हुने विद्यार्थीले रजिष्ट्रेशन फाराम अनिवार्य रूपमा भर्नुपर्छ।

पहिले नै त्रि.वि. Registration Number छ?

यस क्याम्पस वा त्रि.वि.को अन्य आंगिक/सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी त्रि.वि. Registration Number लिइसकेको तर बीचमा पढाइलाई निरन्तरता दिन नसकी Gap भएको अवस्थामा सामान्यतः पुनः रजिष्ट्रेशन फाराम भर्नु पर्दैन। पुरानै Registration Number प्रयोग गरेर भर्ना गर्न सकिन्छ।

Migration Certificate लिइसक्नुभएको छ?

त्रि.वि.को Registration Number लिइसकेको भए पनि पछि त्रि.वि.बाट Migration Certificate लिइसकेको अवस्थामा भने पुनः त्रि.वि. Registration Form भर्नुपर्छ।

⚠️ महत्वपूर्ण: नयाँ Registration प्रक्रिया पूरा गरेपछि मात्र भर्ना प्रक्रिया पूरा गरी परीक्षा दिन योग्य हुन सकिन्छ।

📧 Registration Number कहिले आउँछ?

रजिष्ट्रेशन फाराम भरेपछि सामान्यतः केही महिनापछि विद्यार्थीको इमेलमा त्रि.वि. Registration Number प्राप्त हुन्छ। त्यसैले फाराम भरेपछि आफ्नो Email नियमित रूपमा जाँच गर्नुहोस्।

📝 २. परीक्षा फाराम कहिले भर्नु पर्छ?

🔑 मुख्य कुरा

Registration Number प्राप्त भएपछि मात्र परीक्षा फाराम भर्न सकिन्छ। परीक्षा फाराम भर्न Registration Number अनिवार्य हुन्छ।

📚

वार्षिक प्रणाली

पठनपाठन सुरु भएको करिब ८–१० महिनापछि परीक्षा फाराम खुल्ने गर्दछ।

📅

सेमेस्टर प्रणाली

सम्बन्धित डीन कार्यालयको शैक्षिक क्यालेन्डर अनुसार सामान्यतः पठनपाठन सुरु भएको करिब ४–५ महिनापछि परीक्षा फाराम खुल्ने गर्दछ।

🎯 दोस्रो, तेस्रो र चौथो वर्षमा के हुन्छ?

१st
Registration
२nd
Same Number
३rd
Same Number
४th
Same Number
💡 याद राख्नुहोस्:

दोस्रो, तेस्रो र चौथो वर्षका लागि नयाँ Registration Number आउँदैन। प्रथम वर्षमा प्राप्त भएको सोही Registration Number प्रयोग गरेर सम्बन्धित वर्षको परीक्षा फाराम भर्नुपर्छ।

⚡ छोटकरीमा बुझौँ

① प्रथम पटक भर्ना

Registration Form अनिवार्य

② Registration Number

केही महिनापछि Email मा प्राप्त

③ Exam Form

Registration Number अनिवार्य

④ Next Years

पुरानै Registration Number प्रयोग

⚠️ अन्तिम सुझाव

Registration Form तथा Examination Form सम्बन्धी वास्तविक मिति, समयसीमा र अन्य आवश्यक विवरणका लागि त्रिभुवन विश्वविद्यालय तथा सम्बन्धित डीन/परीक्षा कार्यालयबाट प्रकाशित आधिकारिक सूचना हेर्नुहोस्।

📝

अनलाइन रजिष्ट्रेशन फाराम कसरी भर्ने?

त्रिभुवन विश्वविद्यालयको अनलाइन रजिष्ट्रेशन प्रक्रिया — ३ सरल चरणमा

🎯 विद्यार्थीले बुझ्नैपर्ने कुरा

अनलाइन रजिष्ट्रेशन फाराम भर्ने प्रक्रिया मुख्यतः ३ वटा चरणमा पूरा हुन्छ। तलका सबै चरण ध्यानपूर्वक पूरा गर्नुहोस्।

STEP 01

📢 रजिष्ट्रेशन फाराम खुलेको सूचना हेर्नुहोस्

⚠️ महत्वपूर्ण: त्रि.वि.ले अनलाइन रजिष्ट्रेशन फाराम नखोलेसम्म कुनै पनि क्याम्पसले विद्यार्थीलाई अनलाइन रजिष्ट्रेशन फाराम भर्न लगाउन सक्दैन। त्रि.वि.ले फाराम खोलेपछि मात्र क्याम्पसले सूचना जारी गर्छ।
① सूचना प्राप्त गर्नुहोस्

त्रि.वि.ले अनलाइन रजिष्ट्रेशन फाराम खोलेपछि क्याम्पसले विद्यार्थीलाई आधिकारिक सूचना जारी गर्छ।

② परीक्षा शाखासँग सम्पर्कमा रहनुहोस्

विद्यार्थीले पनि क्याम्पसको परीक्षा शाखामा सम्पर्क गरी रजिष्ट्रेशन फाराम खुले/नखुलेको जानकारी लिइरहनुहोस्।

③ Username & Password का लागि विवरण दिनुहोस्

फाराम खुलेपछि परीक्षा शाखामा गई आफ्नो विवरण इन्ट्री गराउनुहोस्।

④ Email जाँच गर्नुहोस्

विवरण इन्ट्री गरेपछि तपाईंको Email मा Username र Password पठाइन्छ।

📧 Email मा Username/Password आएन भने?

  1. पहिले आफ्नो Gmail Inbox जाँच गर्नुहोस्।
  2. Inbox मा Email छैन भने Spam Folder जाँच गर्नुहोस्।
  3. त्यहाँ पनि Email छैन भने विवरण इन्ट्री गर्ने कर्मचारीसँग सम्पर्क गर्नुहोस्।
  4. आवश्यक परे पुनः विवरण इन्ट्री गराई प्रक्रिया अगाडि बढाउनुहोस्।

🔐 Student Portal मा Login गर्नुहोस्

Email मा प्राप्त Username र Password प्रयोग गरी Student Portal मा Login गर्नुहोस्।

🔑 पहिलो Login पछि Password तुरुन्त परिवर्तन गर्नुहोस्।

नयाँ Password मा कम्तीमा:

A–Z Uppercase a–z Lowercase 0–9 Number @ # $ % ^ ! Special Character कम्तीमा ८ Characters

Password परिवर्तन गरेपछि नयाँ Password र पुरानै Username प्रयोग गरी पुनः Login गर्नुहोस्।

STEP 02

📋 Registration Form भर्नुहोस्

👉 कसरी जाने?

Login गरेपछि Left Side मा रहेको ☰ 3 Horizontal Lines → Registration Form मा क्लिक गर्नुहोस्।

🔍 सबै विवरण ध्यानपूर्वक रुजु गर्नुहोस्

क्याम्पसले इन्ट्री गरेको आफ्नो नाम, जन्ममिति, ठेगाना, शैक्षिक विवरण लगायत सबै विवरण सही छन् कि छैनन् ध्यानपूर्वक जाँच गर्नुहोस्।

❌ त्रुटि भेटिएमा: तुरुन्तै क्याम्पसको परीक्षा शाखामा गएर विवरण सच्याउनुहोस्।

🚨 अत्यन्त महत्वपूर्ण चेतावनी

अनलाइन फाराम भर्ने समयमा नै विवरण सच्याउनुहोस्। पछि समस्या आएमा परीक्षा नियन्त्रण कार्यालय, बल्खु सम्म जानुपर्ने हुन सक्छ, जसका कारण थप समय लाग्न सक्छ।

📂 अपलोड गर्नुपर्ने कागजातहरू

फाराम भर्नुअघि तलका कम्तीमा ८ वटा कागजात Scan गरी तयार राख्नुहोस्।

01. 📸 Passport Size Photo
Format: JPG
02. 📄 SEE/SLC Marksheet Certificate
Format: PDF
03. 📄 SEE/SLC Certificate (प्रवेशिका)
Format: PDF
04. 📄 SEE/SLC Character Certificate
Format: PDF
05. 📄 Plus 2 Transcript
Format: PDF
06. 📄 Plus 2 Character Certificate
Format: PDF
07. 📄 Plus 2 Migration Certificate
Original — Format: PDF
08. 📄 Plus 2 Provisional Certificate
Format: PDF

⬆️ विवरण भर्नुहोस् र Documents Upload गर्नुहोस्

  1. आफ्नो ठेगाना सम्बन्धी विवरण भर्नुहोस्।
  2. SEE/SLC सम्बन्धी विवरण भर्नुहोस्।
  3. Plus 2 सम्बन्धी विवरण भर्नुहोस्।
  4. माथि उल्लेखित सबै आवश्यक कागजात Upload गर्नुहोस्।
  5. सबै विवरण र कागजात पुनः जाँच गर्नुहोस्।
  6. सबै कुरा ठीक भएपछि मात्र Submit गर्नुहोस्।
STEP 03

🖨️ फाराम Print गरी Verification गराउनुहोस्

📌 Submit गरेपछि काम सकिँदैन!

Online Form Submit गरेपछि त्यसको Print Copy निकालेर क्याम्पसको परीक्षा शाखामा बुझाउनुहोस् र तुरुन्त Verification का लागि पठाउन अनुरोध गर्नुहोस्।

🏫

१. Campus Verification

परीक्षा शाखाले फाराम Verify गर्छ।

📤

२. Regional Office

केही दिनपछि क्याम्पसले फाराम क्षे.प.नि.का. कोहलपुर पठाउँछ।

🔎

३. Final Verification

सम्बन्धित कार्यालयले कागजात जाँच गरी पुनः Verify गर्छ।

📧

४. Email Notification

Verification को अवस्था Email मार्फत जानकारी प्राप्त हुन्छ।

❌ REJECTED Email आयो भने के गर्ने?

फाराममा समस्या भएको वा आवश्यक कागजात अपुग भएको अवस्थामा REJECTED भनेर Email आउन सक्छ।

  1. तुरुन्तै क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।
  2. Reject हुनुको कारण पत्ता लगाउनुहोस्।
  3. आवश्यक सुधार वा कागजात तुरुन्त उपलब्ध गराउनुहोस्।
  4. समस्या समाधान भएपछि पुनः Verification प्रक्रियामा पठाउनुहोस्।
⚠️ ढिलाइ नगर्नुहोस्! समस्या समयमै समाधान नगरेमा Registration Number कायम नहुन सक्छ र भविष्यमा परीक्षा फाराम भर्नसमेत समस्या आउन सक्छ।

✅ Form Verified & Accepted भएपछि

सबै विवरण तथा कागजात ठीक भएको अवस्थामा फाराम Verified & Accepted हुन्छ। त्यसपछि केही दिनपछि तपाईंको Registration Number Email मा प्राप्त हुन्छ।

🚀 सम्पूर्ण प्रक्रिया एक नजरमा

📢
सूचना
👤
Username/Password
📝
Online Form
📂
Documents
🖨️
Print & Submit
🔎
Verification
🎓
Registration No.

✅ विद्यार्थीले Submit गर्नुअघि जाँच गर्ने Checklist

☐ नाम सही छ
☐ जन्ममिति सही छ
☐ ठेगाना सही छ
☐ SEE/SLC विवरण सही छ
☐ Plus 2 विवरण सही छ
☐ Photo JPG मा तयार छ
☐ सबै PDF Documents तयार छन्
☐ सबै Documents Upload भएका छन्
☐ Submit गर्नु अघि सबै विवरण पुनः जाँच गरिएको छ
☐ Submit पछि Print Copy क्याम्पसमा बुझाइएको छ
📌 अन्तिम सुझाव

Online Registration Form भर्दा हतार नगर्नुहोस्। आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक प्रमाणपत्रमा भएको विवरणसँग Online Form मा देखिएको विवरण एक–एक गरेर मिलाउनुहोस्। समस्या देखिएमा तुरुन्तै क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।